Kathmandu Press

बेथानचोक बस दुर्घटना : गाउँपालिकाभित्र एक दिने शोक बिदा  

बेथानचोक बस दुर्घटना : गाउँपालिकाभित्र एक दिने शोक बिदा  

काभ्रे, मंसिर २८ : काभ्रेको बेथानचोक गाउँपालिका–४ मा गएरातिको बस दुर्घटनामा परि १७ जनाको ज्यान गएपछि गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ ।  

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले बुधबार शोक बिदा दिएको हो । 


गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शोक वक्तब्यमार्फत मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘शोकको यस घडीमा आज यस गाउँपालिका र अन्तंगतका सरकारी कार्यालय, शिक्षण संस्था तथा अन्य संघसस्थाहरुमा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ वक्तव्यमा भनिएको छ । 

अध्यक्ष अधिकारल्े बेथानचोक गाउँपालिका भित्रका सबै निजी व्यवसाय समेत बन्द गरि  दुःखद घडीमा साथ दिन समेत अनुरोध गरेका छन् । 

दुर्घटनामा घाइते २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ । बसमा ३९ सवार थिए ।

No description available.

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्