काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियस
काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने छ ।
काठमाडौं, मंसिर २८ : देशभर आज सामान्यतया मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने छ ।
नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन ।
प्रकाशित मिति: ०७:५१ बजे, बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

