बेथानचाेक बस दुर्घटना : २२ जना घाइतेकाे विभिन्न अस्पतालमा उपचार हुँदै

काभ्रे, मंसिर २७ : काभ्रेकाे बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका २२ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारकाे लागि पठाइएकाे छ।
घाइतेकाे शिर मेमोरियलमा ९ जन, मध्यपुर अस्पतालमा १ जना, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जना र धुलिखेलमा ९ जनाको उपचार भइरहेकाे छ।
बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान भएको छैन।
प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

