काभ्रेकाे बेथानचाेकमा बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
काभ्रे, मंसिर २७ : काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार केहीकाे घटनास्थलमा, केहीकाे शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।
बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ।
प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-ink-1740145571.jpeg)