निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने आयोगकाे तयारी

काठमाडाैं, मंसिर २७ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को बुधबार अन्तिम नतिजा घोषणा गर्ने भएको छ। मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न भोलि मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगको प्रेस अफिसले जनाएको छ।
मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रमा निर्वाचन भएको थियो।
यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपालगायत १२ दलले प्रतिनिधित्व गर्न पाउनेछन्।
आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपतिलाई बुझाउने छ। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन्।
प्रकाशित मिति: २०:०० बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

