कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्यो
काठमाडौं, पुस ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रिय....

काठमाडौं, पुस ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गते सरेको हो।
मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन सकेको छैन। पटकपटक बैठक स्थगित हुँदै आएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताए।
प्रकाशित मिति: १३:५७ बजे, बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











