Kathmandu Press

विप्लवद्वारा अध्यादेशको स्वागत, प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह 

विप्लवद्वारा अध्यादेशको स्वागत, प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह 

काठमाडौं, मंसिर २७ :  विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । 

मंगलबार महासचिव विप्लवले  विज्ञप्तिमा जारी गर्दै अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह समेत गरेका छन्।

‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ । 

उनले कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय रहेको बताएका छन् । नेकपाले ३ बुँदे सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन सबै पक्षसँग आग्रह पनि गरेको छ । 
 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, मंसिर २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्