इलाम–१ मा पुनः मतदानको माग गर्दै झलनाथले दिए सर्वोच्चमा रिट

काठमाडौं, मंसिर २७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दिएका छन् ।
धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलाबर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् रिटमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग गरेका छन् ।
उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन्।
यो क्षेत्रबाट खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।
प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

