भारतीय चिनियाँ साैनिकबीच सीमा क्षेत्रमा फेरि झडप, कैयाैं साैनिक घाइते
झडपमा कैयाैं भारतीय र चिनियाँ सैनिहरू घाइते भएका छन।
काठमाडाैं, मंसिर २६ : भारत र चीनकाे सीमामा दुई देशका साैनिकहरबीच झडप भएकाे छ। गत शुक्रबार सीमाकाे याङ्जी तवाङ क्षेत्रमा झडप भएकाे हाे।
झडपमा कैयाैं भारतीय र चिनियाँ सैनिहरू घाइते भएका छन।
भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन्, भने, याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिकहरू घाइते भएका छन।
घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ।
सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा मारिएका आफ्ना सैनिकबारे चीनले औपचारिक जानकारी दिएको छैन।
उक्त घटनापछि दुई देशका सैनिकबीच फेरि झडप भएको हो।
घटनाबारे दुबै देशले विस्तृत विवरण बताएकाे छैन।
प्रकाशित मिति: २०:३९ बजे, सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

