चितवनमा विवाह भाेज खाएका पाँच सय जना बिरामी

चितवन, मंसिर २६ : चितवनमा विवाह भोज खाएका पाँच सय जना बिरामी परेका छन्।
भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका पाँच सय जना विरामी परेका हुन।
अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीका अनुसार ‘एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको छ। फुड पोइजनका कारण बिरामी परेको हुनसक्ने उनले बताए।
उनीहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए। ढकाल र अधिकारी पनि सामान्य बिरामी छन्।
उपचाररत बिरामीहरुले फूड पोइजनको विषयमा छानबिन हुनुपर्ने र उपचार खर्च होटलले व्योहोर्नुपर्ने माग गरेका छन्।
प्रकाशित मिति: १९:५६ बजे, सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

