Kathmandu Press

जाजरकाेटामा जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, तीन जना घाइते

जाजरकाेटामा जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, तीन जना घाइते

जाजरकाेट, मंसिर २६ : जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेकाे थियाे।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन।

दुर्घटनास्थलमा प्रहरी पुगेको छैन र स्थानीयबासिन्दाले उद्धारको काम गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मध्यपहाडी सडक खण्डमा भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्