Kathmandu Press

अध्यादेशबारे शेखरले भने– अदालतले दोषी ठहर गरेकालाई माफी दिनु कानुनी शासन र लोकतन्त्रको उपहास हो

अध्यादेशबारे शेखरले भने– अदालतले दोषी ठहर गरेकालाई माफी दिनु कानुनी शासन र लोकतन्त्रको उपहास हो

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक सहजताका लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नरहेको बताएका छन् ।

टिकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी लगायतलाई जेलमुक्त गर्न सरकारले ल्याउन लागेको अध्यादेश गलत रहेको बताउँदै नेता कोइरालाले आफू अनुकुलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउन नहुने बताएका हुन् । 

‘अध्यादेशमार्फत कानुन संसोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली र राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यस्तो क्रियाकलापले भोलिका दिनहरुमा गलत नजिर बस्ने समेत बताएका छन् । 

अध्यादेशको सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसकै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले समेत विरोध जनाएका छन्। 

सरकारले रेशम चौधरी, सिके राउत नेतृत्वको जनमत पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई आम माफी दिन अध्यादेश ल्याउन लागेको हो । यस सम्बन्धमा सरकारले भने हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश ल्याउन लागिएको बताएको छ । 

 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्