Kathmandu Press

काठमाडौंमा चिसो बढ्यो

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।
काठमाडौंमा चिसो बढ्यो

काठमाडौं, मंसिर २६ : काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ।

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।

उनका अनुसार आइतबार काठमाडाैंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ। हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन्।

मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ। आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिए।

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्