रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउनु सम्पूर्णरुपमा गलत : गगन थापा

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई रिहा गर्नकै लागि सरकारले अध्यादेश ल्याउनु सम्पूर्ण रुपमा गलत रहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले अध्यादेशका विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको धारणामा सहमति जनाउँदै अध्यादेश ल्याउनु गलत रहेको बताएका हुन् ।
अध्यादेश ल्याउनु सम्पूर्ण रुपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको महामन्त्री थापाले बताए । अहिले सरकारले तयारी गरेको अध्यादेशबारे पार्टीभित्र कुनैपनि छलफल नभएको पनि उनले बताएका छन् ।
‘त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ,’ सामाजिक सञ्जालमा महामन्त्री थापाले लेखेका छन् ।
थापाले अध्यादेश गलत रहेको बारे चार बुँदा उल्लेख गरेका छन् :
– अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
– अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।
– अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।
– अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।










-ink-1740145571.jpeg)
