चिसो वढ्यो, तराईमा हुस्सु र कुहिरो
काठमाडौं, पुस ९ : काठमाडौं लगायत देशका बिभिन्न ठाउँमा अहिले मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लागेको छ । केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा ....

काठमाडौं, पुस ९ : काठमाडौं लगायत देशका बिभिन्न ठाउँमा अहिले मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लागेको छ । केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको छ ।
अहिले हुस्सु र कुहिरो लागेको ठाउँमा पनि दिउँसो घाम लाग्ने सम्भावना छ । केही ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहनेछ । काठमाण्डौको बुधबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि गएको सोमबार पनि काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो वढेपनि आगामी दिन ३ पानी र हिमापातको सम्भावना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।











