Kathmandu Press

 लालझाँडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा झुण्डिएको अवस्थामा मृत फेला 

 लालझाँडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा झुण्डिएको अवस्थामा मृत फेला 

कञ्चनपुर, मंसिर २६ : कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा सोमबार जंगलमा मृत अवस्थामा फेला परेका छन्।

लालझाँडी गाउँपालिका–२ स्थित जंगलमा रानाका  २० वर्षीय छोरा मनोज राना घरभन्दा १ किलोमिटर परको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्