एमाले अध्यक्ष ओलीसँग कांग्रेस नेता केसीको भेटवार्ता

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको बताइएको छ ।
भेटमा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: १०:२३ बजे, सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1740145571.jpeg)