Kathmandu Press

रेशम चौधरी छुटाउन ल्याएको अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति

अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएको बताउँदै शर्माले सरकारको कदमप्रति असहमति जनाएका हुन् ।
रेशम चौधरी छुटाउन ल्याएको अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति

काठमाडौं, मंसिर २६ : आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएको बताउँदै शर्माले सरकारको कदमप्रति असहमति जनाएका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य, त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत  कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ’

प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्