Kathmandu Press

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय 

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।
निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय 

काठमाडौं, मंसिर २६ : निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो । 

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।

गएको मंसिर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुनः मतदान गरिएको थियो । 

प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्