पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड हुने
टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमोड स्थित हायात प्लेसमा गरिँदैछ।
काठमाडौं, मंसिर २५ : अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्यामा नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवर्धनको लागि ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ आयोजना हुने भएको छ।
टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टिमोड स्थित हायात प्यालेसमा गरिँदैछ।
अवार्डको आयोजना आगामी १४ पुसमा हुने आयोजक एवम् मोडल दिक्पाल कार्कीले बताएका छन् । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने आयोजक दिक्पालले बताए । उनका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।
यसपटक बालबालिका, किशोर, किशोरी, युवा युवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताएका छन् । उनका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नव मोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ।
यस्तै फेशन तर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ । जसअन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाईनर, सेलिब्रेटी फेशन डिजाईनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ।
५ वर्षदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो। गत वर्षबाट फेरि यो अवार्डलाई आफुले निरन्तरता दिएको आयोजक तथा अभिनेता यसराज गराचले बताएका छन् । यो चौथो अवार्डलाई यसपटक भव्य तुल्याउन पाँच तारे होटल नै रोजेको पनि उनले बताए ।












