‘राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ’
प्रेस सेन्टरले ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए।
काठमाडौं, मंसिर २५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन्।
प्रेस सेन्टरले ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए। उनले भने, ‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन।’
माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको पनि बताए । प्रचण्डले वर्तमान गटबन्धनै सरकार बन्ने सरकारमा आलोपालो गर्ने कुरा स्पष्ट भएको बताए।
‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ,’ उनले भने, ‘यो निर्वाचन अपेक्षित होइन, माओवादी खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर खोजे, तर स्थिति त्यस्तो भएन।’
अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढंगले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनको जोड थियो।











-ink-1740145571.jpeg)