नयाँ सांसदलाई पशुपतिशमशेरले शपथ खुवाउने
प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० मध्ये सबैभन्दा जेठा सांसद् हुन्।
काठमाडौं, मंसिर २५ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई राप्रपाका नेता पशुपति शमशेर जबराले शपथ खुवाउने भएका छन्। उनले ज्येष्ठ सदस्यको हैसियतले अन्य सांसदलाई शपथ खुवाउने भएका हुन्।
जबरा राप्रपाबाट समानुपातिबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्। उनी प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० मध्ये सबैभन्दा जेठा सांसद हुन्।
सार्वजनिक विवरणअनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन्। उनी ८१ वर्षका भए। तर, निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा भने गरेको छैन।
प्रकाशित मिति: १८:३० बजे, आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1740145571.jpeg)