Kathmandu Press

समानुपातिक सूची समावेशी समूहबमोजिम सच्याउन दलहरुलाई आयोगको पत्राचार 

समानुपातिक सूची समावेशी समूहबमोजिम सच्याउन दलहरुलाई आयोगको पत्राचार 

काठमाडौं, मंसिर २५ : निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर  २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। 

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो। 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्