आन्तरिक राजस्वका कर्मचारीको परिचय दिँदै बसपार्क क्षेत्रमा रकम असुल्ने ८ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर विभागको ड्रेस कोड, नक्कली परिचयपत्र लगाएर काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
काठमाडौं, मंंसिर २५ : आन्तरिक राजस्व कार्यालयका कर्मचारीको पिरचय दिँदै रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर विभागको ड्रेस कोड, नक्कली परिचयपत्र लगाएर काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
होटल, रेष्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर विक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागरजंग लुहार, सिन्धुपाल्चोककी प्रमिशा तामाङ, अछामकी दुधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेबिड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेकाहरुबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगाएत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए। स्थानीयको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
चार दिनयता बसपार्क इलाकामा विभिन्न होटल लज, पसलहरु तथा फुटपाथ पसलहरुबाट समेत विभिन्न परिमाणमा रकम असुल गरेको भन्ने बुझिन आएको र पीडितहरुबाट प्राप्त रसिद र मोबाइल पेबाट समेत गरी ५ लाख भन्दा बढी संकलन गरेको खुल्न आएको पनि एसएसपी बोहराले बताए।











-ink-1740145571.jpeg)