संसदका महासचिवले सर्वोच्चलाई पठाए ‘गोलमटोल’ जवाफ

काठमाडौं, मंंसिर २५ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी प्रकरणमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतवार सर्वोच्च अदालतमा जवाफ पेश गरेका छन् ।
गौतमले महाभियोग निष्प्रभावीमाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको अन्तरिम आदेशको लिखित जवाफ पठाउँदा समावेश हुने भनाई राखेका छन् ।
गौतमले फूलकोर्टले सोधेको प्रश्नलाई तत्कालका लागि टार्न र पञ्छाउन खोजेको देखिन्छ । राणाको निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय अनुरुप संघीय संसदका महासचिवसँग प्रश्टीकरणमा मागिएको थियो ।
सर्वोच्चको फूलकोर्टले गौतमसँग प्रश्टीकरण सोध्दै भनेको थियो, ‘नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गरेको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गराउनु ।’
यस्तै सर्वोच्च अदालत बारएशोसिएसनद्वारा दायर अर्को रिटमासर्वोच्चको संवैधानक इजलासले अघिल्लो साता राणाविरुद्धको महाभियोगमा संसद महासचिव गौतमले काटेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।











-ink-1740145571.jpeg)