Kathmandu Press

संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पठाए जवाफी पत्र 

संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पठाए जवाफी पत्र 

काठमाडौंं, मंसिर २५ : संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफी पत्र पठाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालको निलम्बन फुकुवा भएको पत्र लेखेपछि बसेको सर्वोच्चको पूर्ण बैठकले सोधेको चार प्रश्नको जवाफ गौतमले आइतबार पठाएका हुन् ।  

सर्वोच्चले महाभियोग निष्प्रभावी भएको पत्रबारे गौतममाथि चार प्रश्न उठाउँदै जवाफ माग गरेको थियो । उनलाई कुन कानुनमा टेकेर महाभियोग निष्प्रभावी भएको पत्र लेखिएको भनेर सोधिएको थियो । गौतमले आइतबार पठाएको जवाफी पत्र सर्वोच्चमा टेबुल भइसकेको बताइएको छ । 

पत्रमा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र दिनुको कारण ७ दिनभित्र पठाउने जवाफ दिएका छन्.।

झन्डै साढे ८ महिनादेखि निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर माथिको महाभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव गौतमले मंगलबार पत्र दिएका थिए । उनले आफ्नो अधिकारबाहिर गएर सो पत्र लेखेको भन्दै सर्वोच्चमा रिट नै परेको थियो । 

रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले संसद सचिवालयको पत्र तत्काल कार्यान्वयन् नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।  

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्