Kathmandu Press

महिला हिंसा अन्त्यका लागि घरघर बाट अभियान चलाउनुपर्छ : मन्त्री रेग्मी 

महिला हिंसा अन्त्यका लागि घरघर बाट अभियान चलाउनुपर्छ : मन्त्री रेग्मी 

काठमाडौं, मंसिर २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् । 

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला बिभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रुपमा नै हिंसा अन्त्य गर्नका लागि घर घर बाटै अभियान चलाउनुपर्ने बताएकी हुन्। 

हिंसाको जरो घर भित्रै रहेकाले घरबाट नै हिंसा अन्त्यको अभियान सुरु गर्नुपर्ने उनको भनाई छ । उनले महिला हिंसा घर, समाज, कार्यालय, राजनीतिक दल लगाएत हर स्थानमा महिला हिंसा रहेकाले यो समस्या महिला वा राज्यले मात्रै समाधान गर्न नसक्ने धारणा राखिन्। 

मन्त्री रेग्मीले हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन पनि अनिवार्य भएको बताइन् । 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्