Kathmandu Press

स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरीको मृत्यु 

स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरीको मृत्यु 

काठमाडौं, मंसिर २५ : कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो ।

उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना १ क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । 

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।

बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्