Kathmandu Press

यी हुन् बाग्मती प्रदेश सभामा कांग्रेसका समानुपातिक सांसद 

यी हुन् बाग्मती प्रदेश सभामा कांग्रेसका समानुपातिक सांसद 

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसले बाग्मती प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ । प्रत्यक्ष र समानुपातिक गरी ३७ सिट जितेको कांग्रेस समानुपातिकमा भने दोस्रो दल बनेको छ । 

समानुपातिकमा एमालेले १४ सिट जित्दा कांग्रेसले १२ सिट ल्यायो । कांग्रेसले समानुपातिकतर्फाबाट सांसद बन्ने १२ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ ।

Hardik ivf

जसमा काठमाडौंबाट समिता खड्गी श्रेष्ठ, मकवानपुरबाट लक्ष्मीदेवी श्रेष्ठ, चितवनबाट गीता गुरुङ, काठमाडौंबाट यमुनादेवी श्रेष्ठ, काठमाडौंबाटै याङ्किला श्रेष्ठ रुइत, चितवनबाट माया श्रेष्ठ, धादिङबाट शिवराज अधिकारी रहेका छन् । 

त्यस्तै उर्मिला नेपाल , मीना पोखरेल, शान्ता ढकाल, विनु रायमाझी पौडेल र सुना परियार पनि कांग्रेसबाट बाग्मती प्रदेशसभाको समानुपातिक सांसद बनेका छन् । 
 

प्रकाशित मिति: १०:५२ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्