कैलालीमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर ८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।
काठमाडौं, मंसिर २४ : कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर ८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।
चौधरीले चलाएको से ७प ७७९३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको हो। चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
ट्रयाक्टर र चालक कैलालीको भजनी नगरपालिका-३ बस्ने ३४ वर्षीय कलम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ०८:३८ बजे, आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार