गाेरखाकाे चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयद्वारा आगजनी

काठमाडाैं, मंसिर २४ : गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा आगजनी भएकाे छ। हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै स्थानीयहरूले कार्यालयमा आगजनी गरेका हुन्।
हाइड्रोपावरको काम मापदण्ड विपरीत रहेको भन्दै छिमेकी जिल्ला लमजुङको राइनास नगरपालिकाबाट पुगेका पाँच सयभन्दा बढी स्थानीयले कार्यलय परिसर भित्र रहेका दुई वटा मिनीट्रक, एउटा जेसीभी र जस्ताले छाएको दुईवटा अस्थायी टहरामा आगो लगाइदिएका हुन्।
स्थानीयले कार्यलयभित्र रहेको फर्निचरको सामग्रीसमेत तोडफोड गरेका छन। घटनाले आयोजनामा करोडभन्दा बढीको क्षति भएको हाइड्रोपवार सञ्चालक हरेराम पराजुलीलले बताए ।
क्षतिको विवरण यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।
२०४९ सालबाट सिञ्चाइ हुँदै आएको राइनासटार सिञ्चाइ आयोजनालाई बेवास्ता गरी बलमिच्याइँ गरेर हाइड्रोपावर सञ्चालन हुन लागेपछि स्थानीयले विरोध जनाएको राइनास नगरपालिका–३ का श्रीकृष्ण पौडेलले बताए । ‘हाइड्रोले सिञ्चाइ आयोजना बन्द हुने परिस्थितिमा पुग्यो,’ उनले भने,‘अब पानी कहाँ झार्छ भन्ने हाम्रो कुरा रहेन, हाइड्रोपावर बन्द हुनुपर्छ भन्ने माग हो।’











