Kathmandu Press

कुलमान र डा. रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’

काठमाडौं, पुस ८ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान&r....

कुलमान र डा. रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’

काठमाडौं, पुस ८ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ। 

नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशी जनही दुई लाख रुपैयाँ रहेको छ। यसपटक दुई वर्षको सम्मान एकै पटक प्रदान गर्न लागिएको हो। 

ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पुर्‍याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको म्मान छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले  जानकारी दिए। 

डा रुइत मेगासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्। उनीहरुलाई पुस ११ गते उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्ने कार्यक्रम छ। विगत २५ वर्ष साल्टट्रेडिङमा महाप्रबन्धक भएर काम गरेका हेमबहादुर मल्लले संस्थालाई पहिचानयोग्य बनाएका थिए। उनको योगदानको कदरस्वरुप विसं २०५९ देखि उक्त सम्मान कार्यक्रम थालिएको थियो।

मल्लको २०५७ कात्तिक १२ गते निधन भएको थियो। यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान कोइरालालगायतलाई प्रदान गरिसकिएको छ। 

छनोट समितिका संयोजक बाँस्कोटाले २०७५ सालको सम्मान आगामी तीन महिनाभित्रमा वितरण गर्ने तयारी गरिएको जानकारी दिए।
 

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, पुस ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्