Kathmandu Press

भुसाल र साहसहित एमालेबाट १३ नेता निष्कासित

भुसाल र साहसहित एमालेबाट १३ नेता निष्कासित

काठमाडाैं, मंसिर २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले घनश्याम भुसाल र प्रभु साहसहितका १३ नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहलगायतलाई पार्टीबाट निष्कासन गरेको जनाएकाे हाे।

निष्कासित हुनेहरूमा भुसाल र साह तथा केन्द्रीय सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिरहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ) र टेकबहादुर बलम्पाकी मगर (महोत्तरी) छन्।

यस्तै, केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर) र लक्ष्मी साह (कैलाली) लाई पनि एमालेबाट निष्कासन गरिएको छ।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्