शिक्षा विकासको पहिलो सर्त : प्रदेश प्रमुख खापुङ
आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए।
मोरङ, मंसिर २४ : प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताएका छन्।
आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए।
सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका सन्तान पढ्ने गरेको भन्दै उनले शैक्षिक प्रणालीलाई आवश्यताका अधारमा परिवर्तन गर्दै उत्पादनमुखी, सर्वसुलभ र प्रविधिमैत्री बनाउनुपर्ने बताए।
गरिबका छोराछोरीलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले काम गर्नुपर्ने बताए।
विसं २०१४ मा स्थानीयवासीको चन्दा सङ्कलनबाट स्थापना भएको विद्यालयले ६५औँ वर्ष पूरा गरेको छ । हाल विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म गरेर एक हजार तीन सय ३९ विद्यार्थी अध्ययनरत छन्।
कार्यक्रम मङ्सिर २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुनेछ।












