रास्वपले समानुपातिकतर्फ चुन्याे १३ सांसद, चुनिएका ७ पुरूष ६ महिला काेकाे हुन्?
चुनिएका सांसदमध्ये दलितबाट सन्तोष परियार र शिव नेपाली छन् भने आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ छन्।
काठमाडौं, मंसिर २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले समानुपातिकतर्फ १३ सांसद चयन गरेको छ।
चुनिएका सांसदमध्ये दलितबाट सन्तोष परियार र शिव नेपाली छन् भने आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ छन्।
खस आर्यबाट डा. चन्दा कार्की र डोलप्रसाद अर्याल चयन हुँदा निशा डाँगी, विनिता कठायत पनि छनाेटमा परेका छन्।
त्यसैगरी मधेसीबाट लक्ष्मी तिवारी र मनीष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए।
रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याए पनि तर धेरै मत पाउनेहरू नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले साेहीबमाेजिम सांसद चयन गरेको प्रवक्ता मुकुल ढकालले बताए।
प्रकाशित मिति: १८:०३ बजे, शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











