Kathmandu Press

मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुनुपर्ने अवस्था छैन : प्रचण्ड

शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष  दाहालले चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने भन्दै अहिले निराश र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताएका हुन्।
मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुनुपर्ने अवस्था छैन : प्रचण्ड

काठमाडाैं, मंसिर २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने बताएका छन्।

शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष  दाहालले चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने भन्दै अहिले निराश र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताएका हुन्।

उनले माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले स्थानीय तहका १२२ पालिका माओवादीको कन्ट्रोलमा रहेको भन्दै प्रदेशमा ७४ को हाराहारीमै रहेको बताए।

उनले संघीय संसदमा भने आफ्नो पार्टीले सोचेजस्तो र अपेक्षा गरेजस्तो सीट नजितेपनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने दावी गरे। उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भमिका केन्द्रीय रहेको र त्यसलाई कसैले खोस्न नसक्ने समेत जिकिर गरे।

२०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गरे पुन संगठित हुन सक्ने बताए।

माओवादी केन्द्रले सिद्धान्त र एजेन्डालाई समय सापेक्ष बनाउँदै विज्ञान र प्रविधिमा पनि ध्यान दिन जरुरी रहेको उनले बताए। त्यस्तै उनले माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएमा जनतालाई सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष दाहालले विकास र एजेन्डाबाट मात्रै जनता खुसी नदेखिएको भन्दै चुनाव जित्न सामाजिक सञ्जालमा पनि बलियो पकड आवश्यक देखिएको टिप्पणी गरे।

विकासको क्रान्ति नै ल्याएको ठाउँमा पनि माओवादीका उम्मेदवारलाई चुनाव जित्न हम्मेहम्मे परेको भन्दै विकास र एजेन्डा लिएर जाँदैमा चुनाव नजितिने उनको भनाइ छ। 

प्रकाशित मिति: १७:३० बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्