यी हुन् माओवादीबाट समानुपातिकतर्फ १४ सिटका लागि छानिएका सांसद
चयन गरिएका १४ जनामध्ये दुई पुरुष र १२ महिला छन्।
काठमाडौं, मंसिर २४ : माओवादी केन्द्रले समानुपातिकतर्फ आफूलाई प्राप्त १४ सिटका लागि नाम टुंगो लगाएको छ।
चयन गरिएका १४ जनामध्ये दुई पुरुष र १२ महिला छन्। आदिवासी जनजाति महिलामा दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्।
त्यस्तै खस आर्यमा पुरुषबाट हितराज पाण्डे र महिलाबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा छन्। थारुबाट रुपासोसी चौधरी, दलितबाट रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी
मधेसीबाट मीना यादव र अमरावती देवी यादव चुनिँदा पिछडिएको क्षेत्र कल्पना मियालाई मौका मिलेको छ।
प्रकाशित मिति: १७:३९ बजे, शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











