एमालेले चुन्याे समानुपातिकतर्फ ३४ सांसद, व्यवसायी भट्टचनदेखि विद्यार्थी नेत्री बरालसम्म
शनिबार बसेको एमाले सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो।
काठमाडौं, मंसिर २४ : एमालेले समानुपातिकतर्फ आफूलाई प्राप्त ३४ सिटमा सांसद चयन गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो।
चुनिएका सांसदमा आदिवासी जनजातितर्फ पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई छन् भने महिलातर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा छन्।
खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही र महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल छन्।
थारुमा आश्माकुमारी चौधरी, शान्ति चौधरी, दलितमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा छन्।
मधेसीमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया तथा मुस्लिममा सराज अहमद खान रहेका छन्।











