Kathmandu Press

कांग्रेसले टुंगाे लगायाे समानुपातिकतर्फ ३२ सांसदको नाम, पुरूषमा महत, निधि र परियार

प्रतिनिधिसभातर्फ सबै नाम टुंगिए पनि प्रदेशसभातर्फ प्रदेश १, मधेस, वाग्मती र लुम्बिनी प्रदेशको नाममा सहमति जुटाउन बाँकी रहेको जनाइएको छ।
कांग्रेसले टुंगाे लगायाे समानुपातिकतर्फ ३२ सांसदको नाम, पुरूषमा महत, निधि र परियार

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले नाम टुंगो लगाएको हो। प्रतिनिधिसभातर्फ सबै नाम टुंगिए पनि प्रदेशसभातर्फ प्रदेश १, मधेस, वाग्मती र लुम्बिनी प्रदेशको नाममा सहमति जुटाउन बाँकी रहेको जनाइएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम भने टुंगिएको छ। बाँकी नाम टुंग्याउन सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग परामर्श गरिरहेको जनाइएको छ।

प्रतिनिधिसभातर्फ कांग्रेसले तीन पुरुषको नाम टुंगाे लगाएकाे जुटाएको छ। जसमा प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियार परेका छन्।

संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम छनोट गरिएको छ। 

महिला समानुपातिकतर्फ खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ। 

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । 

मधेसीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्। यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन्।

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्