कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक निष्कर्ष बिहीन, पदाधिकारी बैठक बस्दै
समानुपातिकबाट सांसद बन्न पुरुषबाट ३ जनाको नाम चयन गर्नुपर्नेमा धेरैको दाबी परेपछि शनिबार पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठक निष्कर्ष बिहीन बनेको हो।
काठमाडाैं, मंसिर २४ : समानुपातिक सांसदको नाम टुंगो लगाउन बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक निष्कर्ष बिहीन बनेको छ। समानुपातिकबाट सांसद बन्न पुरुषबाट ३ जनाको नाम चयन गर्नुपर्नेमा धेरैको दाबी परेपछि शनिबार पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठक निष्कर्ष बिहीन बनेको हो।
समानुपातिकमा कांग्रेसले ३२ सिट पाएको छ । जसमध्ये २९ जना महिला र ३ जना पुरुष चयन गर्नुपर्ने छ। तीन जना पुरुषबाट सांसद बन्न विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुर दाबेदारका रुपमा छन्।
पदाधिकारी र कार्यसम्पादन समिति सदस्यको सुझाव लिएर सभापति देउवाले समानुपातिक सांसदको नाम तय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
कांग्रेसभित्र प्रदेश १, मधेश, बागमती र लुम्बिनीका समानुपातिक सांसद चयन गर्न पनि विवाद भएको छ । यही विवाद टुंग्याउन आजै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्ने बताइएको छ।











