Kathmandu Press

उपन्यासकार केशरीको ‘दुङाल’लाई उत्कृष्ट साहित्य पुरस्कार

तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
उपन्यासकार केशरीको ‘दुङाल’लाई उत्कृष्ट साहित्य पुरस्कार

काठमाडौं, मासिर २४ : आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

रु. दुई लाख नगद, सम्मानपत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ।

केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन्। उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ।

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्