नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती देशमा राजनीतिक स्थायित्व कायम गर्नु हो : नेता सिंह
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले चारपटकसम्म लगातार जिइदिएकोमा मतदाताहरूलाई धन्यवाद दिए। उनले चुनावी एजेण्डा पूरा गर्नेतर्फ आफू पुनः प्रतिबद्ध रहेको बताए।
काठमाडौं, मासिर २४ : कांग्रेस नेता प्रकाशमान सिंहले जनताको सेवा नागरिकका सुझावलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताएका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले चारपटकसम्म लगातार जिइदिएकोमा मतदाताहरूलाई धन्यवाद दिए। उनले चुनावी एजेण्डा पूरा गर्नेतर्फ आफू पुनः प्रतिबद्ध रहेको बताए।
नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती देशलाई राजनीतिक स्थायित्व कायम गर्नु भएको उनले बताए। उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
अहिले नेपालको राजनीतिमा आएको परिवर्तनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिवर्तनलाई सफल बनाउन लागि पर्ने उनको भनाइ थियो। उनले अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले विगतमा सांसद हुँदा पनि आफ्नो निर्वाचन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको दाबी पनि उनले गरे।