मन्त्री चौधरीद्वारा उज्यालो नेपालको सातौ बार्षिक साधारणसभा उद्घाटन
धुलिखेलको मिरावेल होटलमा आयोजना भएको साधारणसभाको नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरे।
धुलिखेल, मंसिर २४ : २०७२ सालमा स्थापना भएको उज्यालो नेपालको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। धुलिखेलको मिरावेल होटलमा आयोजना भएको साधारणसभाको नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरे।
काभ्रे, दोलखा, रामेछाप र काठमाण्डौ लाई कार्यक्षेत्र बनाएर काम गरिरहेको उज्यालो नेपालले शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक भवन, कृषि तथा स्वास्थ्य शिविर, आपतकालिन सहयोग लगाएत विभिन्न सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
काभ्रेको पाँचखाल, बेथानचोक, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, खानीखोला, दोलाखाको शैलुङ गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र दोरम्वा गाउँपालिका तथा काडमाण्डौको किर्तिपुर नगरपालिकामा काम गर्दै आईरहेको संस्थाका उपाध्यक्ष संजय तामाङले जानकारी दिए।
उज्यालो नेपालले शिक्षाको क्षेत्रमा कक्षाकोठा सहयोग, दिवा खाजा सहयोग, शैक्षिक सामाग्री वितरण, शिक्षक तलब सहयोग, ज्याकेट, अडियो भिडियो शिक्षाका लागि ल्यपटप, प्रिन्टर, प्रोजेक्टर र टिभि, स्कूल ब्याग वितरण, वालविकासका वाल शिक्षकहरुका लागि क्षमता विकास तालिम, खानेपानीको क्षेत्रमा खोकबेशी, धन लक्ष्मी, तिनपिप्ले, भंगेरी, दुलालथोक, खामपुर, पाडुला, भमरकोट, जोरपिपल लगायत २१ वटा आयोजना सम्पन्न भइसकेका छन्।
स्वास्थ्य क्षेत्रमा पाँचखाल नगरलाई एम्वुलेन्स सहयोग, पाँचखाल पिएचसिमा ईन्सिनेरेटर निर्माण, औषधी सहयोग, स्वयंसेविकाहरुलाई ज्याकेट र विपि सेट, गुल्को मिटर सहयोग भएको उपाध्यक्ष तामाङले जानकारी दिए।
संस्थाल सामुदायिक र महिला भवन समेत निार्मण गरेको संस्थाका परियोजना संयोजक सुनिता योञ्जनले जानकारी दिइन।
उनका अनुसार संस्थाले स्वास्थ्यचौकी बेथान १, होक्से खोपकेन्द्र भवन, अनेकोट महिला भवन, चुल्ठेडाडा महिला भवन लगायत १० वटा भवन निर्माण भएको छ।
त्यस्तै कृषि क्षेत्रमा महिलाको क्षमता विकास तालिम तथा कृषिको लागि वडा ८ का १९ कृषक समूहहरुलाई ७.५ हर्ष पावरको ट्रयाक्टर वितरण भएको छ। संस्थाले करिब ६० लाख बराबरको कोभिड सामाग्री विभिन्न पालिकाहरुलाई वितरण गरेको छ भने विभिन्न विपत्तिहरुमा सहयोग समेत गरेको संस्थाले जनाएको छ।
कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले केहिदिनमानै मेलम्चीको खानेपानी काठमाण्डौबासीले खान पाउने जानकारी गराएका थिए।
कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनीक सल्लाहकार जनार्दन नेपाल, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, पाँचखाल नगरपालिकाका निवर्तमान उपप्रमुख लक्ष्मी दनुवार लगायतले मन्तब्य राखेका थिए। कार्यक्रमको सभापतित्व उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले गरेका थिए।











