नुवाकोटमा दुईवटा बस ठोक्किएर दुर्घटना हुँदा १८ जना घाइते

नुवाकोट, मंसिर २४ : नुवाकोटको विदुरमा दुईवटा बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। दुवै बस रसुवाको बेत्रावतीबाट आएका थिए।
नुवाकोट विदुर–१० भैंसेमा भएको उक्त दुर्घटनामा सात यात्रु सख्त घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्रिशूली–बेत्रावती सडकखण्डमा पर्ने विदुर-१० स्थित तिरतिरेभीरमा निर्माण कार्यले गर्दा सडक बन्द भएपछि त्रिशूली नदीपारिको वैकल्पिक सडकबाट जान बा४ख ८८२ नम्बरको बस मोड्ने क्रममा सोही दिशा बेत्रावतीबाटै आएको प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको अर्को बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस सडकमै पल्टेको छ।
प्रकाशित मिति: १२:४७ बजे, शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











