एमाले सचिवालय बैठक आज बस्दै
आज (शनिबार) बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए
काठमाडौं, मंसिर २४ : एमाले सचिवालय बैठक आज बस्दैछ।
आज (शनिबार) बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो। बैठकमा समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गरिनेछ।
एमालेले समानुपातिकतर्फ ३४ र प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।
प्रकाशित मिति: १०:३० बजे, शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











