कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि केही समय अगाडि नै बस्ने बताइएको छ।
काठमाडौं, मंसिर २४ : समानुपातिक सांसद छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि केही समय अगाडि नै बस्ने बताइएको छ।
निर्वाचन आयोगको पत्रअनुसार समावेशिताका आधारमा सूची पठाउन बैठक बस्न लागेकाले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।
प्रतिनिधिसभा प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसलाई समानुपातिकतर्फ ३२ सिट प्राप्त भएको छ।
प्रकाशित मिति: १०:१९ बजे, शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार