Kathmandu Press

लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी छ : मन्त्री रेग्मी

लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी छ : मन्त्री रेग्मी

काठमाडाैं, मंसिर २३ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गरेकी छन। उनले समाज, परिवार र घरघरको मानसिकतामा परिवर्तन नआइकन महिला हिंसाबाट छुट्कारा नमिल्ने तर्क गरिन। लैङ्गिक हिंसाविरुद्धको १६ दिने (नोभेम्बर २५–डिसेम्बर १०) अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा मन्त्री रेग्मीले समाजमा व्याप्त लैङ्गिक हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन अनिवार्य भएको राय व्यक्त गरिन।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालका आवासीय प्रतिनिधि एल्के विस्चले महिलाविरुद्धको हिंसा अन्त्य गर्न महिला एक्लैको मात्र प्रयास पर्याप्त नहुने विचार व्यक्त गरे। उनले हिंसा अन्त्य गर्नका लागि समाजका सबै तप्काहरूको संयुक्त प्रयास जरुरी हुने बताए।

कार्यक्रममा ‘हामी दाजुभाइ’का अध्यक्ष सङ्जोग ठकुरीले लैङ्गिक समानताका निम्ति महिला एक्लैको मात्र प्रयासले नहुने धारणा राख्दै त्यसको निम्ति पुरुष तथा बालबालिकाको समेत सहभागिता महत्वपूर्ण हुने तर्क प्रस्तुत गरे। त्यसैगरी पत्रकार समा थापाले पुरुषलाई आफ्नो कमजोरी देखाउन नहुने र उनीहरु दुःख पर्दा पनि रुन नहुने भन्ने सामाजिक मान्यताले गर्दा उनीहरूमा हिंसा र कठोरपनको विकास हुन जाने मनोवैज्ञानिक तथ्यमाथि प्रकाश पारे।

प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्