संघीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल
हेटाैँडा, पुस ८ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
....

हेटाैँडा, पुस ८ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँग मंगलबार बिहान भएको भेटमा उनले सबैले परिवर्तनलाई आत्मसात गर्नुपर्ने बताएका हुन्। भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने बताए।
काम गराइका शैलीमा परिवर्तन नगर्ने हो भने गणतन्त्र नेपालको मान्यता स्थापित हुन नसक्ने उनले बताए। संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थातर्फ जान क्रियाकलाप पनि समाजवाद उन्मुख हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो।
मुख्यमन्त्री पाैडेलले यो वर्ष काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने जानकारी दिए। विदेशबाट इन्धन भित्र्याएर खर्बौं रुपैयाँ बाहिर पठाउने काम बन्द गर्न पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिइने उनको भनाइ थियो।











