Kathmandu Press

मुलुकमा संघीयताको औचित्य छैन : विप्लव

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन्।
मुलुकमा संघीयताको औचित्य छैन : विप्लव

कपिलवस्तु, मंसिर २३ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन्। 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन्।

साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताए। उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे।

उनले आफुहरुले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती गरेको प्रष्ट पारे। महासचिव चन्दले  भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी,उल्लास नछाएको भन्दै दल र दलका नेताहरु सुध्रिनुपर्नेमा जोड दिए।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भईरहेको बताए।

महासचिव चन्दले नेपालमा कम्युनिष्टहरु बलियो हुँदा कम्युनिष्ट र देश सिध्याउन चाहने विदेशी शक्तीहरुको निन्द्रा हराम भएको भन्दै उनले नेपालमा कम्युनिष्ट पार्टिहरु एक हुनुपर्ने बताए।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्