एमाले सचिवालय बैठक स्थगित, भाेलि ११ बजे बस्ने
तयारी नपुगेका कारण बैठक स्थगित गरिएको जनाइएको छ।
काठमाडौं, मंसिर २३ : एमालेको आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ।
तयारी नपुगेका कारण बैठक स्थगित गरिएको जनाइएको छ। बैठक भोलि (शनिबार) बिहान ११ बजे बैठक बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
निर्वाचनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो। बैठकले निर्वाचनको समीक्षा गरेर समानुपातिकतर्फ प्राप्त सिटमा कसकलाई पठाउने भन्ने निर्णय लिनेछ। पनि गर्नेछ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेलाई समानुपातिकबाट ३४ सिट प्राप्त भएको छ।
बैठकले नयाँ सरकार गठनका सन्दर्भमा समेत पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ।
प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











